Katrina_workoutक्याट्रिना कैफ आफ्नो फिटनेसलाई लिएर निकै सतर्क भएकी छिन् । उनले अब कुनै पनि हालतमा एक्सरसाइजलाई निरन्तरता दिने प्रण गरेकी छिन् । उनले फिटनेस ट्रेनर रेजा खटानीलाई आफूसँगै मोरक्को लगेकी छिन् । त्यहाँ उनी अनुराग वासुको नयाँ फिल्ममा रणवीर कपुरका साथ अभिनय गरिरहेकी छिन् ।

Advertisements

सुटिङ सकिनेबित्तिकै उनी कडा एक्सरसाइजमा जुटिहाल्ने गरेको बताइन्छ । क्याट्रिनाले ट्रेनरको रोहबरमा दैनिक कम्तीमा तीन घन्टा एक्सरसाइज गर्ने गरेकी छिन् । ‘धुम–३’ को वेलामा पनि क्याट्रिनालाई रेजाले नै ‘ट्रेन’ गरेकी थिइन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्