काठमाडौँ, १२ जेठ । नेपाल प्रहरीद्वारा साङ्गीतिक आकासका उज्ज्वल नक्षत्र सङ्गीतकार अम्मर गुरुङलाई सम्मान गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आज उहाँकै निवास बूढानीलकण्ठ पुगेर नगद रु पाँच लाखसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाली साङ्गीतिक क्षेत्रमा गुरुङले पु¥याएको योगदानको कुनै रकमसँग तुलना गर्न नहुने बताउँदै उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “गुरुङको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तयार छ ।”

Advertisements

Ambar-Gurungनेपाल प्रहरीको जेठ ५ गते बसेको बैठकले सङ्गीतकार गुरुङलाई सम्मान गर्ने निर्णय गरेअनुसार सम्मान गरिएको थियो ।  लामो समयदेखि आप्mनो निरन्तर साधनाको माध्यमबाट नेपाली सङ्गीतको क्षेत्रमा विशेष योगदान दिई विभिन्न गीतिनाटक तथा कालजयी गीतलाई सङ्गीतले सिंगार्नु भएका गुरुङले नेपालको राष्ट्रिय धुन सिर्जना गरी नेपाली राष्ट्रियतालाई उचाइमा पुर्याउने दिशामा अतुलनीय योगदान पु¥यानुभएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्