जेठ २८- दाङमा तुलसीपुर-घोराही सडकखण्ड अन्तर्गत बिजाैरीमा आज भएको सवारी दुर्घटनामा एकै परीवारका २ जनाको ज्यान गएको छ  । घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको लु २ प ३२३८ नम्वरको ट्रेक्टरले तुलसीपुर बाट घोराही तर्फ अाउँदै गरेको  रा २ प १५३८ नम्वरको मोटरसाईकललाई शनिबार विजौरी ५ मा ठक्कर दिएको थियो मोटरसाईकललाई ठक्कर दिँदा सल्यान स्थायी घर भई हाल सशस्त्र वेश क्याम्प भालुवाङ दाङमा कार्यरत शसस्त्र प्रहरीका हवलदार सञ्तोष वादी र उहाँकी श्रीमतीको मृत्यु भएको हो ।

Advertisements

accident dangघाईते बादीका श्रीमान श्रीमतीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको थियो । राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. भोलाराम श्रेष्ठले उनीहरुको उपचारका क्रममा साढे ६ बजेतिर मृत्यु भएको जानकारी गराए । उनीहरुका अन्दाजी ८ वर्षीय छोरा गंभिर घाईते भएका छन् । उनको हाल राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको र उनि खतरा बाहिर रहको श्रेष्ठले जानकारी गराए ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्