अल नेपाल मिडिया हाउसले विवाहित महिलाबीच प्रतिस्पर्धा गराइरहेको छ । गृहिणी र जागिरे विवाहित महिलामा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको मिसेस नेपाल आइकन २०१६ मा ३८ महिला प्रतिस्पर्धी छन् । प्रतियोगितामा सहभागीलाई विभिन्न विषयको एकमहिने तालिम र प्रशिक्षण दिइरहेको आयोजक संस्थाका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी दिएका छन् ।

Advertisements

mrs nepal icon (Large)आश्विनी झाले कोरियोग्राफी गरिरहेको प्रतियोगितामा सुनीता पराजुली, सबिना थपलिया, सञ्जु केसी, सरस्वती सहनी, रश्मिता गुरुङ, मनश्रु राई, नीलम शाही थापा, मुना पौड्याल, सुस्मिता शेरचन, मनु शाही, सिर्जना गौतम, डोलकुमारी श्रेष्ठ केसी, ममता कार्की, कविता राई (नेम्बाहाङ), अनु श्रेष्ठ, निरू लामा, कमला लामा, ज्ञानु छन्थ्याल बुढा, संगीता रौनियार, कल्पना श्रेष्ठ, प्रतिमा पौड्याल, पुनम थापा, जानकी प्रजापति, अम्बिका मल्ल, बबिता तिमल्सिना, रेनु बस्नेत, मनिता खड्गी, सबिया स्वाँर अमात्य, पुनम प्रधान, जिस्वान तुलाधर, लक्ष्मी अर्याल, तृष्णा प्रधान, अनु शर्मा, विपना बस्नेत, निर्मला चौधरी, रेनुका बज्राचार्य, ममता पाठक र सन्ध्या थापा प्रतिस्पर्धारत छन् । प्रतियोगिताको केही दिनमै फाइनल हुनेछ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्