सोलुखुम्बु, असार २२ गते । एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएकोछ ।

Advertisements

मङ्गलबार बिहानै हत्या गरिएकी ११ महिने शिशुको टाउको घरमै र शरीर घरभन्दा करिब सय मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । आरोपी राईले ३ महिनाअघि मात्र ८ महिनाको छोरी भएकी देउसाकी एक महिलासँग विवाह गरेका थिए । रासस

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्