काठमाडौं, कात्तिक २१ – नेपालको पहिलो एनिमेशन चलचित्र दी लिजेन्ड अफ शंखधरको निमार्ण सम्पन्न भएको छ । नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको जीवनीलाई लिएर बनाएको एनिमेशन चलचित्र म्हपूजाको दिन बेलायतको गिनफोडर टाउन हलमा प्रथम प्रर्दशन गरिएको बेलायतबाट निमार्ता तथा निर्देशक संयुक्त श्रेष्ठलेजानकारी दिनुभयो ।

Advertisements

Sanyukta Shrestha_The Legend of Shankhadhar_London Screeningनेपालको कला, सम्पदा, इतिहासको प्रवद्र्धन, संरक्षण गर्ने उद्देश्यसहित यन्त्रकलाले दी लिजेन्ड अफ शंखधर निमार्ण गरिएको श्रेष्ठले बताउनुभयो । परापूर्व कालमा नेपालका एक जना नागरिक शंखधरले सबै नागरिकको ऋण तिरीदिएको र उहाँकै नामबाट नेपाल सम्वत सुरु भएको इतिहासमा उल्लेख छ ।

Advertisements

उहाँको योगदानलाई कदर गरेर नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको छ । एनिमेशन चलचित्र ४५ हजार पाउण्डमा तयार गरिएको श्रेष्ठले बताउनुभयो ।

संयुक्त श्रेष्ठसहित अंजना श्रेष्ठ,  नियुक्ता श्रेष्ठ, विज्ञान प्रजापति र प्रीति कक्षपतिको टोलीले एनिमेशन गर्नु भएको चलचित्र आउँदो डिसेम्बर ११ मा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिलिज गरिनेछ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्