जनकपुर, कात्तिक २१ – सद्भावना पार्टीका धनुषा उपाध्यक्ष रामचन्द्र चौधरीको आइतबार बिहान करेन्ट लागेर ज्यान गएको छ । बिहान १० बजे नुहाएर घरको छतमा कपडा सुकाउन गएको बेला बिजुलीको नाङ्गो तारमा छोइँदा करेन्ट लागेर चौधरीको ज्यान गएको हो ।

Advertisements

करेन्ट लागेर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि जानकी हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा लगिएको थियो । तर अस्पताल पुर्‍याएपपछि डाक्टरले उहाँलाई मृत घोषित गरेका हुन् । झण्डै ४५ वर्षीका नेता चौधरी छठ पर्वका सामग्रीहरु घर नजिकै रहेको स्थानीय अरसजा पोखरीको घाटमा पुर्‍याएर नुहाउन घर आउनुभएको थियो ।

Advertisements

चौधरीको आइतबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको सदभावना पार्टीले जनाएको छ । उहाँ २० वर्षदेखि सदभावना पार्टीमा सक्रियता पूर्वक लाग्नुभएको थियो । चौधरीको एक छोरा र दुई छोरी छन् ।

सदभावना पार्टी धनुषाले चौधरीको असमायिक निधनमा दुःख व्यतm गर्दै १३ दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।  सद्भावनाका जिल्ला अध्यक्ष संजय सिंहले चौधरीको निधनले पार्टीलाई अतुलनिय क्षति भएको बताउनुभयो ।

यस्तै धनुषाको कचुरीमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । कचुरी–४ का रामडरेश साहका १० वर्षका छोरा अशोक साहको शनिबार करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्