कार्तिक २२-  सामाजिक सञ्जालमा ‘तकारीवाली’ भनेर चिनिएकी कुसुम श्रेष्ठले राम्रो प्रस्ताव आए अभिनय गर्ने योजना सुनाएकी छिन् ।

Advertisements

आफ्नो साथीले जानकारी दिएपछि मात्रै सामाजिक सञ्जालमा आफ्नो तस्बिर भाईरल भएको थाह पाएकी गोरखाकी कुसुमले यतिबेला मोडलिङ गर्ने र फिल्मसमेत खेल्ने सोंच बनाइसकेकी छिन् ।

Advertisements

गोरखा वाङलिङकी कुसुम चितवनको टाँडीमा क्वेष्ट मोडल कलेजमा कक्षा ११ मा पढिरहेकी छिन् । उनका बाबुआमा गाउँमै खेतीपाती गरेर बस्छन् भने उनी चितवनमा काकाको घरमा बसेर पढ्छिन् । घरमा आएको बेला उनले पनि बाबु आमालाई खेतीपातीमा सहयोग गर्छिन् ।

दसैं तिहारको विदामा घर गोर्खा आएको बेला उनी गोलभेडा बेच्न फिस्लिङ आएकी थिईन् । पर्यटन ब्यबसायी रुपचन्द्र महर्जनले उनको पुल तर्दै गर्दाको तस्बिर खिचेर आफ्नो फेशबुकमा राखेका थिए ।

फेशबुकमा राखेको केहि क्षणमै तस्बिर भाईरल बनिसकेको थियो । उनको तस्बिर करोडौंले हेरिसकेका छन् भने फेसबुकमा उनाई खोज्नेहरु लाख बढी भईसकेका छन् ।

तरकारीवाली बनेकी कुसुमको चर्चा केवल नेपालमा मात्र छैन, भारतीय र बिश्वचर्चित धेरै पत्रिकाहरुले उनको तस्वीर र इन्टरनेट चुलिएको चर्चाबारे लेखिरहेका छन् ।

गाउँमा तरकारी बेच्दै गर्दा यसरी एकाएक चर्चामा आएपछि दंग परेकी कुसुम एकातिर दंग परिरहेकी छन् भने अर्कोतिर मोडलिङ र अभिनयमा प्रस्ताव आए नछाड्ने पक्षमा पुगिसकेकी छिन् ।सबीना कार्कीले लिएको बार्तालाप सुन्न यो भिडियो हेर्नुहोस

साथै NTV मा लिइएको अन्तरवार्ता

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्