दार्चुला । महाकाली नगरपालिका ४ पुलघाट (घाँटबजार)को पदम बडालको फेन्सी पसलमा सोमबार राती आगलागी भएको छ ।

Advertisements

पसल बन्द गरेको बेला बडाल कम्प्लेक्समा भएको आगलागीबाट लाखौँ मूल्य बराबरको समान क्षती भएको प्रारम्भीक अनुमान गरीएको छ । अहिलेसम्म क्षतिको एकिन बिवरण आइसकेको छैन् ।
पुलघाँट प्रहरी पोष्ट, खलंगा छोटी भन्सार कार्यालय, आइएमइ नजिकै रहेको फेन्सी पशलमा सोमबार राती सँवा ९ बजेतिर आगलागी भएको हो । पशलमा आगलागी भएको जानकारी पाउने बित्तिकै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना, स्थानीय लगायतले महाकाली नदीबाट पानी बोकेर १ घण्टापछि आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागी भएको समयमै जानकारी प्राप्त भएकोले वरपरका पशलहरुमा आगो सल्कीन नपाएको हो ।
आगलागीको एकीन कारण खुलीनसकेको भएपनि पशल भित्रै विजुलीको तार सट भएर आगलागि भएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रिर्य पहलपछि पशलको माथिल्लो तलामा रहेका सामान भने जल्न पाएको छैन् । यसअघि २०७० सालमा आएको महाकाली बाढीले समेत बडालको घर बगाएर लाखौको क्षती भएको थियो ।
यसैबिच जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा आगलागी नियन्त्रण गर्न बारुण यन्त्र दमकल भएपनि प्रयोगबिहिन अवस्थामा छ । अब्यवस्थित बजारमा, दमकल लैजानसक्ने बाटो र चालक समेत नहुदा आगलागीका घट्ना हुदा समेत दमकल प्रयोग नहुने अवस्था छ । सोमबार दमकल आगलागी नियन्त्रण गर्न लैजाने प्रयास गरीएपनि बाटो नहुदा असम्भब भएको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्