बस दुर्घटनाका १२ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

Advertisements

 

Advertisements

२३ जनाको ज्यान जानेगरी दाङमा भएको  दुर्घटनाका घाइतेलाई उपचारका निम्ति काठमाडौं लगिएको छ । घाइतेको अवस्था  बुझ्न ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफै सैनिक मंचमा उपस्थित भएका थिए । मुख्यमन्त्री पोखरेलले घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । पोखरेलको बाँकेको कोहलपुरमा उपचार गराइरहेका मध्य गम्भीर रहेका १२ जना लाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ । १२ जना घाइतेको ट्रमा अस्पतालमा उपचार भइरहेको मुख्यमन्त्री पोखरेलका प्रमुख शोकिय सचिव सरोज रेग्मीले जानकारी दिएका छन् ।

तस्विर स्रोत : लोकेन्द्र केसीको फेसवुक

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्