गणेश आचार्य
दाङ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल पार्टीभित्र बैचारिक नेताका रुपमा चिनिन्छन् । उनै पोखरेलले नेतृत्व गरेको प्रदेश पाँच सरकारले ससामुदायिक विद्यालयको स्तरउन्नतीका लागि विद्यालयमा एक दिनःकक्षामा एक दिन कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रमको सुभारम्भ मुख्यमन्त्री पोखरेलले आफ्नै गृह जिल्ला दाङबाट गरेका छन् । उनले आफैँले विद्यार्थी पठाएर उक्त अभियानको सुरुवात गरेका हुन् ।

बिहानको १० बजेको थियो । माध्यामिक बिद्यालय कालाखेलाका बिद्यार्थी सधैँजसो प्राथनाकालागि चौरमा उभिएका थिए । उनीहरुले पिटी खेलिरहदा एक्कासी लावालस्कर सहित प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल प्रवेश गरे । प्राथना सकियो । बिद्यार्थी आ–आफ्नो कक्षा कोठामा प्रवेश गरे । विद्यार्थी कक्षामा प्रवेश गरेपछी कक्षा शिक्षक गइनपुग्दै मुख्यमन्त्री पोखरेल सरासर कक्षा १० मा प्रवेश गरे । विद्यार्थीले पनि शिक्षकलाई जस्तै उहाँलाई उठेर सम्मान प्रकट गरे ।

शिक्षकले बिद्यार्थीलाई पढाई सकेपछि प्रश्न गर्दछन् । तर मुख्यमन्त्री पोखरेलले कक्षा कोठामा प्रवेश गर्न साथ प्रश्न सोध्न थाले । बिद्यार्थीलाई पढाई, विद्यालयको अबस्थाका बारेमा प्रश्न गरेका थिए । करिब ९० मिनेट आफूहरुसँग मुख्यमन्त्रीले बिताएपछी विद्यार्थी खुसी देखिए । मुख्यमन्त्रीसँगै प्रदेश सभा सदस्य उत्तरकुमार वली र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घणश्याम पाण्डेले पनि विद्यार्थी सफल हुने बिषयमा प्रशिक्षण दिएका थिए । मुख्यमन्त्रीबाट आफूहरुले पढाईलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकेको विद्यार्थीहरुको भनाई छ । ‘मुख्यमन्त्रीले हामीलाई कसरी पढाई राम्रो बनाउने भन्ने बिषयमा सिकाउनुभयो ।’विद्यार्थी मिना रोकामगरले भनीनन्,‘ अब हामी उहाँको गाइडलाइनमा अघी बढ्छौँ ।
सधै पार्टीका कार्यकर्तालाई बन्द प्रशिक्षण दिने पोखरलले विद्यालयका विद्यार्थीलाई पढाउँदा नौलो अनुभव गरेको प्रतिक्रिया दिए ।

मुख्यमन्त्री पोखरेलले सामुदायिक विद्यालयको स्तर उन्नती वृद्धी गर्न प्रदेश सरकारले विद्यालयमा एक दिन कार्यक्रम सुरु गरेको बताउँदा यो अभियानले सामुदायिक विद्यालय प्रति बढेको अविश्वास घट्ने अपेक्षा समेत व्यक्त गरे ।
प्रदेश सरकारले सुरुवात गरेको यो कार्यक्रम प्रभावकारीरुपले कार्यान्वयन गर्ने र स्तर सुधार्न नसक्ने विद्यालयलाई कार्वाही गर्ने तुलसीपुर उपमहानगरपालिकाले चेतावनी दिएको छ । पाँच नम्वर प्रदेश सरकारको विद्यालयमा एक दिन ः कक्षा कोठामा एकदिन कार्यक्रमलाई टिचफर नेपालको सहकार्यमा तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्