गणेश आचार्य
दाङ । प्रदेश पाँचले माघी पर्वको अवसरमा दुईदिन सार्वजनिक विदा दिएको छ ।

आज बसेको प्रदेश मन्त्री परिषद्को बैठकले थारू समुदायको पर्व माघीलाई मध्यनजर गर्दै प्रदेश पाँचमा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । माघी पर्व थारू समुदायको प्रमुख चाड हो ।

मुख्यमन्त्री पोखरेलका प्रमुख शोकिय सचिव सरोज रेग्मीका अनुसार मुख्यमन्त्रीकाे आयोजनामा माघीको अवसरमा पुस ३० गते बुटवलमा जलपान कार्यक्रमको आयोजना समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्