प्रदेश पाँचका सांसद उत्तरकुमार वलीले सरकारले राप्ती अञ्चल अस्पताल तुलसीपुरलाई उपेक्षा गरेकोमा आपत्ति जनाएका छन् ।

उनले संघीय मन्त्रिपरिषद्ले कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रिय अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न सहमति दिएर अञ्चल अस्पताल तुलसीपुरलाई उपेक्षा गरेकाले आपत्ति जनाका हुन् ।

उनलेे सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,´यति ५ अंचल अस्पताल स्तर उन्नतिमा पर्दा तुल्सिपुरको राप्ती अंचल अस्पताल नपर्नु दु:खद कुरा हो । भर्खरै राम्री स्कुल बस दुर्घटना हुदा यो अस्पतालले कुनै सेवा दिन नसकेको र मात्र ” रिफर सेन्टर ” को काम गरेको भन्ने म आफैले प्रदेश सभामा बोलेको कुरा संघीय सभाका सांसद र संघीय मन्त्रीले सुनेन जस्तो लाग्यो । यति अकल्पनीय दुर्घटना हुदा नि सेवा दिन नसक्ने अस्पताल यस्तो निर्णय हुदा ध्यानमा नपर्नु गम्भीर भुल भएको प्रति मेरो घोर आपत्ति छ र अविलम्ब यो राप्ती अंचल अस्पताललाई निर्णय गर्न संघीय सरकारलाई ध्यानाकर्षण गर्दै अनुरोध छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्