दिप्तीशिखा चौधरी
दाङ । प्रदेश पाँचका सांसद उत्तरकुमार वलीले आफू विकासप्रती प्रतिवद्ध भएको बताएका छन् ।

दंगीशरण गाउँपालिका ७ स्थित बुटनीया सडक शिलान्यास गर्दै सांसद वलीले विकासमा आफूले कुनै कन्जुस्याँई नगर्ने प्रष्ट पारे । सासंद वलीले भने,“स्थानीय तहका जनतालाई गाउँपालिकाको बजेट बाट यो कार्य भयो भनेर देखाउनुछ । जनताको ईच्छा आंकाक्षा, अपेक्षा पुरा गर्नुछ । त्यसैले मैले सकेसम्म जनताको सेवामा समर्पीत हुन्छु ।”

गाउँपालिकाको लगानीमामा निर्माण हुन लागेको वुटनीयाको २ सय ४६ बर्ग किलोमिटर लम्बाई र ५ मिटर चौडाई हुने गरी पक्की बाटोको वलीले शीलन्यास गरेका हुन् । वडा नम्वर ७ का अध्यक्ष वीरबहादुर वलीको अध्यक्षतामा भएको गाउँपालीकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पीकुमारी खड्का,वडा नम्वर ५ का अध्यक्ष दिपक गौतम,नेकपाका जिल्ला सदस्य प्रविण वली,वडा सदस्यहरु मुनादेवी सुनार,भूपबहादुर खड्का,टिकाराम खड्का लगाएतकाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्