दाङ । दाङमा भएको सवारी दुर्घटनामा प्रदेश सांसद उत्तरकुमार वली घाइते हुनुभएको छ ।

Advertisements

घोराही बाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली कारलाई घोराही-लमही सडक खण्डको चिसापानीमा ठक्कर दिएको थियोे । कारमा सवार वलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सांसद वलीको अवस्था गम्भीर छ ।

Advertisements

उहाँ सहित ३ जना घाइतेको फ्लोरेन्स अस्पताल लमहीमा उपचार भइरहेको इप्रका लमहीले जानकारी दिएको छ । प्रहरीका अनुसार एकजना महिलालाई बसले च्यापेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्