गणेश आचार्य
दाङ । गाडी खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा छानविन थालेपछी गाडी फिर्ता गरेका काँग्रेस नेताहरुले फेरि गाडी चढ्न थालेका छन् ।

Advertisements

लेखा समितीले गाडी खरिद प्रकरणको छाविन गर्ने भएपछी उक्त समितीका सभापति एवं काँग्रेस सांसद डील्लीबहादुर चौधरी र काँग्रेस संसदीय दलका नेता बलदेव शर्माले गाडी गुणस्तरहीण भन्दै फिर्ता गरेका थिए । प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता शर्माले त गाडी फिर्ता गरी अटो रिसक्सा चढेको तस्वीर सामाजिक संजालमा भाइरल नै बनेको थियो ।

Advertisements

तर,शर्माले गाडी फिर्ता गरेको भोलिपल्टबाट नै संसद सचिवालयलाई अर्को गाडी उपलब्ध गराउन दवाव दिँदै आएका थिए । सस्तो लोकप्रियताकालागि गाडी फिर्तागरी रिक्सा चढेका काँग्रेस नेता शर्माले आफूले गाडी नपाएपछी अरु कुनै बाहाना बनाएर संसद अवरुद्ध गरेको एक काँग्रेस नेताले प्रदेश अनलाइनलाई जानकारी दिएका छन् । बाहिर बाहाना अरु देखाएपनि शर्मालाई गाडी दिने सहमती भएपछी काँग्रेसले सदन चल्न दिएको ती नेताले बताए । संसद सचिवालयका अनुसार पोखरेलले यसअघि उपसभामुख कृष्णी थारूले प्रयोग गर्दै आएको बा २ झ १९४८ नम्वरको गाडी उपलब्ध चढ्न थालेका छन् ।

यता गाडी फिर्ता गरेका लेखा समितीका सभापति एवं काँग्रेस सांसद डील्लीबहादुर चौधरीले भारतीय गाडी चढ्न थालेका छन् । चौधरीले गाडी खरिदबारे आफैं नेतृत्वको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएपछि नैतिकताको आधारमा भन्दै सचिवालयले उपलब्ध गराएको लु. १ झ ४४१ नं. को गाडी पुस २७ गते फिर्ता गरेका थिए । प्रदेशसभा र लेखा समितीको बैठकमा आउँदा जाँदा समेत डिएल १२ सिएल ७५०५ नम्बरको भारतीय बलेरो गाडी चढ्ने गरेका छन् । यो गाडी भारतीय सामाजिक अभियन्ता कैलाश सत्यार्थीको हो ।

सार्वभौम संसदमा जाँदा भारतीय नम्वरको गाडी चढ्न थालेपछी चौधरीको नैतिकतामाथी प्रश्न उठ्न थालेको छ । ‘संसद सचिवालयले दिएको गाडी फिर्ता गर्नुभएका उहाँले भारतीय नम्वर प्लेटको गाडी प्रयोग गर्नुभएको छ ।’ एक काँग्रेस सांसदले प्रदेश अनलाइनसँग भने,‘यसले उहाँको नैतिकतामा प्रश्न उठाएको छ ।’
सांसद चौधरीले आफैँले छानविन गर्नुपर्ने भएपछी नैतिकताका आधारमा गाडी फिर्ता गरेकाले आफूले भारतीय नम्वर प्लेटको गाडी चढ्दै आएको प्रतिक्रिया दिएका छन् । ‘गाडी सरकारी गाडी फिर्ता गरेपछी भारतीय नम्वरको गाडी चढ्दै आएको छु ।’सांसद चौधरीले भने दैनिक ५ सय रुपैँया भन्सार तिरेर चढेको छु । भन्सार तिरे भारतीय नम्वरको गाडी चढ्न पाइन्छ ।‘

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्