दाङ । सवारी दुर्घटनामा ज्यान गुमाएका प्रदेश पाँचका सांसद उत्तरकुमार वलीकी पत्नी बिमला वलीले सक्रिय राजनीतिमा आउने घोषणा गर्नुभएको छ ।

Advertisements

स्र्वगीय सांसद वलीको तेह«ौ दिनको पुण्य तिथीका अवसरमा गरिएको श्राद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले श्रीमान् उत्तरकुमार वलीले जनता समक्ष गरेका वाचा पुरा गर्न राजनीतिमा आउने घोषणा गर्नभयो । ‘मेरो श्रीमान्ले परिवारभन्दा माँया यस क्षेत्रका जनतालाई गर्नुहुन्थ्यो ।’उहाँले भन्नुभयो,‘उहाँले चुनावमा जनता सामु गरेका प्रतिवद्धता बाँकी नै छन् । ती सपना पुरा गर्न म सक्रिय राजनीतिमा आउँछु ।’ आफ्ना श्रीमान्ले परिवार भन्दा माँया जनतालाई गर्ने गरेको बताउँदै आगामी दिनमा जनता सामु उहाँको रिक्तता हुन नदिने बताउनुभयो ।
प्रदेश सांसद वली दाङ क्षेत्र नम्वर ३‘ख’मा निर्वाचित सांसद हुनुभएको थियो । उहाँले काँग्रेस नेता बुद्धीराम भण्डारीलाई फराकिलो मतान्तरले पराजीत गर्नुभएको थियो । उहाँको निधनसँगै पार्टीले कसले उमेद्धार बनाउला भन्ने आम जनमानसमा चर्चाको बिषय बनेको छ । उहाँकी श्रीमती बिमलाले राजनीतिमा आउने घोषण गरेपछी उपनिर्वाचनमा उहाँलाई नेकपाको उमेद्धवारको रुपमा लिन थालिएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्