नयाँदिल्ली । दाङ तुलसीपुरमा रहेको सामुदायिक रेडियो तुलसीपुरको पहलमा भारतको नयाँ दिल्लीमा आयोजनाना भएको नृत्य प्रतियोगितामा नेपालको तर्फबाट ८ जनाले भाग लिएका थिए । नेपालले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएको खबर प्राप्त भएको छ ।
भारतको नयाँ दिल्लीमा दोस्रो एबियु अन्तराष्ट्रिय फेसटीभलमा नेपालको तर्फ बाट रेडियो तुलसीपुरले भाग लिएको रेडियो तुलसीपुरका स्टेसन म्यानेजर अर्जुन गिरीले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा नेपाल संगै बिश्वका ११ देशका ११ समुहले भाग लिने भएका छन । प्रतियोगीतामा भाग लिन नृत्य निर्देशक विकास घलेको टोलि रहेको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, अकोराबका उपाध्यक्ष भुवन सिंह , रेडियो तुलसीपुरका नवीन बुढाथोकी पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्