काठमाण्डौ । सामुहिक बलात्कार र चोरी मुद्दामा सर्वोच्च अदालतबाट दोषी करार भई जेल जीवन बिताइरहेका बिष्णु चौधरीको मुद्दा पुनरावलोकन हुने भएको छ । चौधरीले दिएको निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उनको मुद्दा पुनरावलोकन गर्न अनुमती दिएको हो ।

Advertisements

सर्वोच्च अदालतबाट १० बर्ष जेल सजाए सुनाइएका चौधरी गत माघ ३ गते पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनले सर्वोच्च अदालतमा पुनरावलोकनकालागि निवेदन दिएका थिए । उनको निवेदनको सुनुवाई गर्दै न्यायाधीशत्रय केदारप्रसाद चालिसे,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको पुर्ण इजलासले यहीँ फागुन ९ गते पुनरावलोकन गर्ने अनुमती दिएको हो ।

Advertisements

सामुहिक बलात्कार र चोरी मुद्दामा जेल जिवन बिताइरहेका चौधरीको मुद्दा पुनरावलोकन गर्न अनुमती दिएपछी सामाजिक संजालमा पक्ष र विपक्षमा बहस सुरु भएको छ । चौधरीका समर्थकले उनी जेलमुक्त भइसकेको जसरी सत्यको जीत भन्दै उनलाई बधाई दिएका छन् भने उनका बिरोधीले सामुहिक बलात्कार र चोरीको घटनामा संलग्न भई सर्वोच्चको फैसलाले जेल परेको मान्छेलाई राजनीतिक दवाबमा जेलमुक्त गर्न खोजेको भन्दै न्यायलयको आलोचना गरेका छन् ।

न्याधीशहरुले भने पुनरावलोकनको अनुमती पाउँदैमा जेलमुक्त भने नहुने बताएका छन् । ‘पुनरावलोकनको अनुमती पाउँदैमा सामुहिक बलात्कार जस्तो जघन्य अपराधमा संलग्न मान्छे छुट्ने भन्ने हुँदैन ।’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने,‘पहिलेको फैसलामा केही त्रुटी भएको छ की भनेर हेर्ने मात्रै हो । पहिले फैसला गर्ने माननीय न्याधीशहरुले गलत फैसला गरेजस्तो मलाई लाग्दैन ।’

चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वोच्च अदालतका न्यायाधीशद्धय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले २०६५ साल चैत १५ गते दाङको बिजौरीमा बिना शर्मा(नाम परिवर्तन)लाई बलात्कारगरी लुटपाट गरेको ठहर गर्दै १० बर्ष कैद र ५० हजार रुपैँया जरीवाना गर्ने अन्तिम फैसला सुनाएको थियो । चौधरीले हाल जिल्ला कारागार घोराहीमा जेल जिवन बिताइरहेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्