काठमाडौ  ।  सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ ।
यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ ।

Advertisements

शुक्रबार पक्राउ परेका सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई राज्यविरुद्ध अपराध कसुर मुद्दामा कारबाही अघि बढाइएको छ । गत भदौदेखि लागू भएको फौजदारी अपराध संहिता ऐनमा राज्यविरुद्धको अपराध कसुरमा आजीवन कैद सजाय हुन सक्ने प्रावधान छ । नेपालको कानुनअनुसार आजीवन कैद सजाय भने २५ वर्षसम्म कैद सजाय हुनेछ ।
नयाँ पत्रिकाबाट

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्