काठमाडौं । मिसको कुटाइबाट घाइते ८ वर्षीय राजु बुढाथोकी अस्पताल भर्ना भएका छन् । गुल्मी रेसुङ्गा–९ मा बस्दै आएका उनी उपल्लो तम्घास माविमा युकेजीमा अध्ययनरत छन् । उनलाई शिक्षिका सावित्रा आचार्यले चैत ४ गते कुटपिट गरेकी हुन् ।

Advertisements

कक्षामा प्रश्नको उत्तर दिन नसकेपछि मिसले पाइपले टाउकोमा हानेको राजुले बताए । उनलाई शुरुमा आईसीयुमा राखी उपचार गरिएको थियो । उनी पाँचदिनदेखि लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचाररत छन् । गुल्मी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि बालकलाई तानसेन ल्याइएको थियो ।

Advertisements

कविताका अनुसार विद्यालयबाट घर आउँदा छोराको छाउको सुन्निएको थियो । राजु आफूले बान्ता गरेको बताएका थिए । तत्काल प्रधानाध्यापक रामहरी पन्थीलाई घटनाबारे जानकारी गराएर घाइतेलार्ए जिल्ला अस्पतालमा भर्न गरिएको थियो । जिल्ला अस्पतालामा उपचार हुन नसकेपति पाल्पा ल्याइएको कविताले सुनाइन् ।

प्रधानाध्यापक पन्थीले घटना लुकाउन अभिभावकलाई दबाब दिएका थिए । छोराको उपचारखर्च समेत नदिने बताएको दुखेसो उनले पत्रकारसामु गरिन् । आइतबार शुरु वार्षिक परीक्षा दिन राजु वञ्चित भएका छन् । अरुको अक्साहटमा घटनालाई ठूलो बनाउन खोजिएको दाबी प्रधानाध्यापकको छ । ‘बच्चा कुटाइबाट नभइ म्यानेन्जाइटिसका कारण बिरामी भएको हो’, उनले भने, ‘अस्पतालको खर्च मिलाउने कुरो भएको छ ।’

कविताले रकम माग नगरेको र बच्चाको वार्षिक परीक्षा पछि दिलाइने प्रधानाध्यापक पन्थीले बताए । पिटाईकै कारण बालक अस्पताल भर्ना भए शिक्षिकालाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाए । संवेदनशील अंगमा कुट्दा समस्या देखिएको उपचारमा संलग्न डा. प्राप्ति श्रेष्ठले बताइन् । ‘अनुशासन कायम गर्ने बहानामा टाउकोमा कुट्नु राम्रो होइन’, उनले भनिन् । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्