दाङ । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको दाङमा सातवटा खेल हुने भएका छन् ।

Advertisements

शनिवार जारी खेल तालिकाअनुसार सबैभन्दा धेरै खेल बा“केमा १७ वटा हुनेछन्। त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर,कास्की, कपिलवस्तु र काठमाडौंमा एक÷एक खेल आयोजना गरिनेछ।

Advertisements

दाङमा महिला फूटबल, एथ्लेटिक्स, करॉ“ते, ब्याडमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेट हुनेछन्। वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिताअन्तर्गत बा“केमा पुरुष फूटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो,
ह्याडबल, करा“ते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन्।

बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ। यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ।

प्रदेश नं. ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौंमा गर्न लागिएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन आगामी वैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा र समापन पनि वैशाख ११ गते सोही रङ्गशालामा गरिनेछ।

गत मङ्सिरमै तय भएको प्रतियोगिता पूर्वाधार तयार नहु“दा पटक–पटक सर्दै आएको थियो। राखेपको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतियोगिता वैशाख ५ देखि गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्