दाङ । बलात्कार र ठगी आरोपमा पक्राउ परेका दाङका पत्रकार भुवन उर्फ महेश धितालको नेपाली सेना र नेपाल प्रहरीका अफिसरहरुसँग कनेक्सन रहेको खुलेको छ । धितालको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डे र नेपाली सेनाको रिपुमर्दन गण घोराहीका गणपति सुमन थापासँग निकट सम्बन्ध रहेको रहस्य बाहिर आएको हो ।

Advertisements

धितालले .ठगी धन्दा चलाइरहँदा सेना र प्रहरीका उच्चपदस्थ व्यक्तिहरुसँग आवतजावत राम्रै रहेको प्रहरी अधिकारीहरु बताउँछन् । ठगी र बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएका धिताललाई सेना र प्रहरीसँग कनेसक्न बनाइदिने पात्र हुन अर्का पत्रकार सागर वली । वली जयविर मिडिया प्रालिका संचालक हुन् भने धिताल सोही मिडिया प्रालिद्धारा संचालित जलजला खबर डटकममा आवद्ध पत्रकार । वलीले सेना र प्रहरीसँग सम्बन्ध बनाए अन्य काम गर्नपनि सजिलो हुने भन्दै सुरक्षा निकायका अफिसरसँग लगेर चिनजान गराइदिएका थिए ।

Advertisements

भुवन एसपी पाण्डे र कर्णेल थापासँग यति नजिक थिए की,यसपालीको होली आर्मी ब्यारेक र जिप्रकामा उनीहरुसँगै बनाए । कर्णेल थापा र एसपी पाण्डेसँग होली मनाएको तस्बीर भुवन आफैँले फेसबुकमा पोष्ट गरेका थिए । पक्राउ परे पश्चात प्रहरीले उनको फेसवुकवालबाट ती तस्वीर डिलिट गरिसकेको छ । ती तस्वीर अभियुक्तको फेसवुकमा देखिए आफ्नो पनि बदनाम हुनेभन्दै एसपी पाण्डेले डिलिट गर्न लगाएको बताइएको छ ।

भुवनले आफ्नो सम्बन्ध एसपी र कर्णेलसँग भएको भन्दै तीनै तस्वीर देखाएर बल्याकमेल समेत गरेको पीडीत महिलाहरु बताउँछन् । कार्यालयमै गएर एसपी र कर्णेलसँग होली मनाउने सम्बन्ध सामान्य होइन । जो कोहीलाई उनीहरुको क्वाटरमा छिर्न अनुमती नै हुँदैन् । उनीहरुले जसलाई बोलाउँछन् उनीहरु मात्रै जाने हो । एसपी र कर्णेलसँग होली मनाएको तस्वीर नै सार्वजनिक भएपछी उनीहरुको कनेक्सन निकै बलियो थियो भन्ने बुझन् कठिन छैन् । यद्यपी उनीहरुबीच कुन खाले सम्बन्ध थियो भन्न यसै सकिदैन् । किनकी हचुवाको भरमा सम्बन्धको प्रकार छुट्याउनु हुँदैन् । यतिसम्म चैँ भन्न सकिन्छ,‘बलात्कार र ठगीको आरोपमा पक्राउ परेका भुवनको सम्बन्ध एसपी र कर्णेलसँग मजबुद थियो ।’ सँगै कुम जुधाएर सामाजिक सञ्जालमा प्रस्तुत हुने भुवन र एसपी बीचको सम्बन्धलाई लिएर निकै टिकाटिप्णी गर्न थालिएको छ । एसपी पाण्डेले भने सागर वलीले चिनजान गराएको र होलीमा पनि भुवन सागर सँगै आएको बताउँछन् । भुवनसँग अरु कुनै प्रकारको सम्बन्ध नभएको एसपी पाण्डेको भनाई छ ।

कर्णेल थापाको भनाई पनि एसपी पाण्डेको जस्तै छ । कर्णेल कहाँपनि भुवनलाई सागरले नै लगेका थिए ।
धिताल परिवार स्रोतका अनुसार पत्रकारको आवरणमा ठगी धन्दामा लागेका भुवनसँग सागरले केही रकम समेत लगेको बुझिएको छ । पारिवारिक स्रोतका अनुसार पक्राउ परेका दिन पनि सागरले भुवन सँग एक लाख ५० हजार रुपैँया लगेका थिए । स्रोतका अनुसार भुवन विरुद्ध उजुरी परेपछी प्रहरीले भुवन र सागर दुवैलाई जिप्रका बोलाएको थियो । तर,उनीहरु दुवै जना गएनन् । सागरले भुवनलाई एक्लै जान दवाव दिएको र भुवनले एक्लै जान नमानेपछी उनीहरु प्रहरीसँगको सम्पर्कबाट टाढा थिए । यहीँ चैत १३ गते सागर र भुवन तुलसीपुरसँगै आएको र सागरले नै भुवनलाई भगाएको प्रहरी स्रोतको भनाई छ । भुवनलाई चैत १३ गते नै प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्