यमन । यमनमा सोमबार भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ ।

Advertisements

घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

Advertisements

राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाइ आक्रमण मेटल वर्कसपमा भएको भएपनि नजिकै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको आक्रमणबाट मृत्यु भएको हो । घाइतेमध्ये केही विद्यालयका बालबालिका पनि रहेका स्वास्थ्य अधिकारी तथा प्रत्यक्षदर्शी स्थानीय वासिन्दाले जनाए ।

राजधानी सानाको पूर्वी भाग सावान क्षेत्र नजिकै दुई शक्तिशाली विष्फोटक पदार्थ पड्केको आवाज सुनेको लगत्तै धुवाको ठूलो मुस्लो जमिनबाट निकै उचाइसम्म आकासमा निस्केको स्थानीय अलि अहसानले सिन्ह्वा न्यूज एजेन्सीलाई दिएको जानकारीमा बताउनुभयो ।

विद्रोही नियन्त्रीत स्वास्थ्य मन्त्रालयका प्रवक्ता यूसिफ अल–हाद्रीले घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको पुष्टि गर्नुभयो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्