एजेन्सी/ भारतीय राज्य छत्तिसगढको एउटा चुनाबी र्‍यालीमाथि माओवादी हमला हुँदा एक सांसदसहित ५ जनाको मृत्यु भएको छ। छत्तिसगढ प्रहरीका डिआईजी पी सुन्दरराजले हमलामा दन्तेवाडाका भारतीय जनता पार्टीका सांसद भीम मंडावी, उनका चालक तथा तीन सुरक्षाकर्मीको मृत्यु पुष्टि गरेका छन्। यो घटनाको प्रारम्भिक क्षति विवरण हो।

Advertisements

बीबीसी हिन्दी सेवाका अनुसार माओवादीले सांसदको र्‍यालीमाथि आक्रमण गरी गाडीलाई बमले उडाइदिएका हुन्। हमला श्यामगिरी पहाडस्थित दन्तेवडा–सुकमा सडकखण्डको नकुलनार भन्ने ठाउँमा भएको हो।

Advertisements

बम विस्फोटमा परी बुलेटप्रुफ गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ। विस्फोट यति सशक्त थियो कि बुलेटप्रुफ गाडी २०० मिटर माथिसम्म उडेको थियो।छत्तिसगढमा भारतीय निर्वाचनको पहिलो चरण अन्तर्गत एप्रिल ११ मा चुनाव हुँदैछ। कोइला, फलामसहित खनिज पदार्थको धनी राज्य छत्तिसगढ तीन दशकयता माओवादी द्वन्द्वले ग्रस्त छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्