काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित हुने भएका छन् ।

Advertisements

नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री–तृतीय’ पदकबाट सुशोभित हुने छन् । यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन् ।

Advertisements

गुरुङसहिथ २ दर्जन बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललितानिवासको १ सय १३ रोपनी ३ आना हिनामिना प्रकरणमा छानबिनमा छन् । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्