काठमाडौं । सर्लाहीमा आइतबार बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

Advertisements

काठमाडौंबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा अनियन्त्रित भएर पल्टिएको हो ।

Advertisements

दुर्घटनामा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जलविरेमा रहेको जलविद्युत आयोजनामा काम गर्ने मजदूर छन् । उनीहरुको नाम थाहा भएता पनि ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्