दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि दाङको बेलझुण्डी रंगशालामा एथ्लेटिक्स शुरु भएको छ ।

Advertisements

बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्स अन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भयो । एक सय मिटर दौडमा महिला तर्फ नेपाल आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जितेका थिईन् ।

Advertisements

उनले १२ दशमलवमा १९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले १२ मिनेट १९ सेकण्डका साथ रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरी १२ मिनेट ५२ सेकेण्डका साथ कास्य पदक जित्न सफल भइन् ।
यसैगरी एक सय मिटर पुरुष दौडमा एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले ११ सेकण्डमा दूरी पूरा गरेका थिए । कर्णाली प्रदेशका यमसाजन सुनारले ११ दशमलब १० सेकेण्डका साथ रजत पदक हातपार्न सफल भएका थिए, भने आर्मीका आनन्द देव चौधरीले ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए ।

१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पँछाईसँग समय भने समान रहेको थियो । पहिलो र दोस्रो स्थानमा रहने विश्वरुपा र राजपुराले ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो ।
यस्तै प्रदेश तीन की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितिन् ।१० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन् ।

गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जितेका थिए भने एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते ।

सटपुट तर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते ।

यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।

त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितिन् । उनले १२.०४ मिटरका साथ स्वर्ण पदक जित्दै नयाँ रकेर्ड राख्न सफल भईन् ।

आफनै पुरानो रेकर्ड ११ मिटर ५६ सेन्टिमिटरको रेकर्ड ब्रेक गरेकी हुन् ।

यसैगरी प्रदेश पाँचकी संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्