दाङ । राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश ५ की प्रतिनिधि हुन् कमला जैसी। तर, उनीसँग धावकले लाउने एकजोर जुत्ता पनि छैन।दाङ बलझुन्डी रंगशालामा भइहरको एथलेटिक्समा आइतबार खाली खुट्टा दौडेर उनले कास्य पदक जितेकी छन्।

Advertisements

चार गुणा चार सय रिले दौडमा कमलासँगै पूर्णिमा खड्का, अरुणा रिजाल र पूजा चौधरी थिए। अन्तिममा कुदेकी कमला भने खाली खुट्टामै थिइन्।

Advertisements

‘स्पाइक सुज’ नभएकाले यस अघि १५ सय र पाँच हजार मिटरको दौडमा उनले खाली खुट्टा दौडन खोजेकी थिइन्, तर सामान्य जुत्ता लगाउन परेकाले सोचेजसे नतिजा आउन नसकेको उनको भनाई छ।

‘मसँग स्पाइक सुज छैन, त्यसैले खाली खुट्टा नै तालिम लिएकी थिएँ, अघिल्ला दौडमा सामान्य जुत्ता लगाउनुपरेकाले पदकविहिन भएकी थिएँ, यसपाली खाली खुट्टा दौडिएँ, जितेँ,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्