दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश ५ का रेफ्रि संयोजक ऋषिराम पौडेलले राखेपले आफूहरुलाई भत्ता नदिएको आरोप लगाएका छन् ।

Advertisements

आज बिहानै मादक पदार्थ सेवनगरी पत्रकार सम्मेलन गर्न रिपाटर्स क्लबमा पुगेका पौडेलले आयोजक राखेपले खेलाडी तथा प्रशिक्षकलाई भत्ता नदिएकाले होटेलले बन्धक बनाएर राखेको दावी गरे ।

Advertisements

तर,पत्रकारको टोली होटेलमै गएर खेलाडीसँग बुझ्दा उनको दावी गलत ठह¥यो । खेलाडीहरु सबैले आफूहरुले भत्ता पाइसकेको प्रतिक्रिया दिए । उनीहरुले आफूहरुले पैसा पाइसकेको र बन्धक नभएको बताए । खेलाडीले पैसा पाइसकेको बताएपछी शीर निहुराएका रेफ्री पौडेललेपछी आफूहरुले भत्ता नपाएको बताए ।

राखेपले भने रेफ्री काउन्सिलले ९५ जना रेफ्री ल्याएको र सबैलाई भत्ता दिइसकेको बताएको छ । पौडेलले पनि आफरुहरु ९० जनाभित्रको रेफ्री नभएको बताए । उनले भने,‘हामी ९० जना भित्रका रेफ्री होइनौँ । तर,पनि हामीले भक्ता पाउनुपर्छ ।’ उनले आफू तनावमा भएर बिहानै २ वटा बियर खाएको समेत बताए । पत्रकार सम्मेलनमा उनी एक्लै गएका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्