दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल पुलिस क्लव तेस्रो स्थानमा चित्त बुझाएको छ । आज विहान बेलझुण्डी रंगशालामा भएको प्रदेश ३ सँगको खेलमा शर्ट एण्ड डेथबाट पुलिसले जीत हाँशिल गरेको हो ।

Advertisements


दोस्रो हाफको २७ औं मिनेटमा प्रदेश ३ की जर्सी नम्बर ७ की मनिषा थापाले गोलको खाता खोलिन् । त्यसपछि ३४ औं मिनेटमा पुलिसकी जर्सी नम्बर १४ की निरु थापाले जवाफी गोल फर्काइन् । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ४÷४ को बराबर गोल भएपछि अन्तिम नतिजा शर्ट एण्ड डेथमा निकालिएको थियो ।
ट्राइबेकरमा पुलिसकी जर्सी नम्बर १४ की निरु थापा, १८ की घिमकुमारी गुरुङ, ८ की सिर्जना खड्का र ७ की निर्मला बिकले गोल गरेका थिए । ट्राइबेकरमा जर्सी नम्बर ५ की अमृता जैशीले गोल गर्न सकिनन् । त्यसपछि शर्ट एण्ड डेथमा जर्सी नम्बर ४ की रेबिका पाण्डे र १९ की रञ्जिता गुरुङले गोल गरेर पुलिसलाई विजयी बनाए ।

Advertisements

यसैगरी ट्राइबेकरमा प्रदेश ३ की जर्सी नम्बर ८ की सुभद्रा खड्का, ११ की सञ्जु कुँवर, १८ की शुष्मा तामाङ र ७ की मनिषा थापा मगरले गोल गरेका थिए । जर्सी नम्बर ६ की रजनी श्रेष्ठले गोल गर्न सकिनन् । त्यसपछि शर्ट एण्ड डेथमा जर्सी नम्बर १९ की पार्वती घले गोल गर्न सफल भइन् भने १० की लक्ष्मी तामाङले गोल गर्न सकिनन् ।

महिला फुटबलको उपाधिका लागि आज दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका छन् । प्रतियोगितामा हावी देखिएका दुबै टिमको फाइनल भिड्न्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । यसअघी कपलिवस्तुमा भएको क्वाटर फाइनल खेलमा आर्मीले एपीएफलाई १–० गोल अन्तरले हराएको थियो । खेल आज अपरान्ह ३ ः३० बजे बेलझुण्डी रंगशालामा हुने भएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्