दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको उपाधी सशस्त्र प्रहरी बलको एपीएफ क्लवले हात पारेको छ ।
यसअघी कपलिवस्तुको खेल मैदानमा भएको क्वाटर फाइनलमा आर्मीले गरेको गोलको बदला लिँदै एपीएफ त्रिभुवन आर्मी क्लवलाई ३–४ गोल अन्तरले हराउँदै उपाधी चुमेको हो ।

Advertisements

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछीपछी ट्राइबेकरमा खेल खेलाइएको थियो । ट्राइब्रेकरमा एपीएफकी साबित्रा भण्डारी साम्बा,अनु लामा,गिता रानामगर र रेणुका नगरकोटीले गोल गरेका थिए । एपीएफकी अनिता बस्नेतले भने गोल गर्न सकिनन् । यस्तै आर्मीकी टिम क्याप्टेल निशा बोहोरा गोल र पुनम जर्घामगरले गोल गर्न सकेनन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्