दाङ । युवा व्यवसायी प्रविण केसीले छोराको जन्मदिनको अवसरमा ब्लड बैंकमा मुभेबल कुर्सी प्रदान गर्नुभएको छ ।

Advertisements


तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेका केसीले अमेरिका निवासी छोरा प्राम्शु केसीको दोस्रो जन्मोत्सवको अवसरमा तुलसीपुरस्थित रेडक्रसको ब्लड बैकमा २६ हजार रूपैयाँ बराबरका ४ वटा मुभेबल कुर्सी प्रदान गर्नुभएको हो ।

Advertisements

जन्मदिनमा हुने खर्च कटौती गरेर छोराको जन्मदिनको अवसरमा रेडक्रसलाई सहयोग गरेको केसीले बताउनुभयो । तरून दल  तुुुुलसीपुर उपमहानगरका सभाापति समेेत रहनुुुु भएका केसीले मुभेबल कुर्सी दिएसँगै तुलसीपुर क्षेत्रमा रक्तदान गर्दा हुने कुर्सीको समस्या टरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्