एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका छन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन् ।

Advertisements

विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ६६ वर्षीय राजा वजिरालंगकर्न थाइल्याण्डमा लोकप्रिय मानिदै आएका छन् । सन् २०१६ मा उनका पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि उनी राजा भएका हुन् । सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएकी थिइन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्