इटहरी ।  मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन्। सुनसरीकै बर्जु गाउँपालिका वडा नं.५ घर भएका ३५ वर्षीय सहिंसा चौधरी पक्राउ परेका हुन्।

Advertisements

उनीविरुद्ध जबरजस्ती करणी गरेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय इटहरीमा परेपछि जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले जनाए। उनका अनुसार पक्राउ परेका चौधरीको अनुसन्धान थालिएको छ।

Advertisements

घटनाक्रम अनुसार, इटहरी वडा नं. १२ मा डेरा गरी बस्ने ३० वर्षीया विवाहित महिला साथीसँग तीन दिनअघि सोनापुरमा लाग्ने मेलामा गइन्। दुवै महिला अरिहन्त जुट मिलमा कार्यरत रहेकाले गर्दा बजार जाँदा होस् वा अन्य कुनै काम पर्दा प्रायः सँगै हिँड्डुल गर्ने गर्थे। दुवै जना महिला एउटै घरमा अलग–अलग डेरा लिएर बस्छन्।

मेलामा जाँदा पीडित महिलासँग गएकी साथीको प्रहरी जवान चौधरीसँग चिनजान रहेछ। साथीले चौधरीसँग चिनजान गराइन्। अनि, दुवै जना मेलामा किनमेल गरेर फर्किए। डेरामा फर्किएको केही समयपछि प्रहरी जवान ती महिलाकै कोठामा आइ पुगे। ती महिलाले ठानिन्, ‘केही समयपछि त जालान!’ तर, उनी गएनन्। घरमा आएको रातिको पाहुना भनेर ती महिलाले खाना खुवाइन, त्यसपछि त जालान भन्ने सोचिन्। तर, चौधरी महिलाप्रति कुदृष्टि राखेर आएका रहेछन्, महिलामाथि जबरजस्ती करणी गरे।

महिलाले भोलिपल्ट प्रहरी कार्यालयमा पुगेर उजुरी दिइन, त्यसपछि अदालतको अनुमति लिएर पक्राउ गरिएको हो। पीडित महिलाका पति विदेश गएका छन्। उनका पाँच वर्षका छोरा छन्। पक्राउ परेका सशस्त्र प्रहरीका जवान चौधरीले प्रारम्भिक अनुसन्धानका क्रममा जबरजस्ती करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्