बिराटनगर । भैँसी करणी गरेको अभियोगमा मोरङमा एक जना विरुद्धमा अदालतमा फिरादपत्र दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षीय मङ्गल हस्दा (संथाल) विरुद्धमा अदालतमा फिराददर्ता भएको हो ।

Advertisements

हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैँसी करणी गरेको आरोपमा भैँसीधनीले अदालतमा मुद्दा दायर गरेको हो ।मुद्दा दायर भएपछि प्रहरीले हस्दालाई पक्राउ गरेको छ । छिमेकीको गोठमा बाँधेको भैँसी फुकाएर करिब ७ सय मिटर परको बाँसझाङमा लगेका थिए ।

Advertisements

भैंसीको दुवै खुट्टा डोरीले बाँधेर करणी गरेको उजुरीका आधारमाप्रहरी घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय सिजुवाबाट गएको टोलीले घटनास्थलबाट हस्दाको कपडा बरामद गरेको थियो ।

‘गोठमा बाँधेको भैँसी हराएपछि खोज्दै जाँदाबाँसको झ्याङमा भेटियो,’ प्रहरी निरीक्षक रामचन्द्र साहले भने ‘भैँसी करणी गरेर फुकालेको कपडा त्यही छोडेर गएका हस्दालाई घरबाट पक्राउ गरेर ल्याएका छौं ।’ हस्दाले लगाएको कपडा चिनेका आधारमा भैँसी धनीले अदालतमा मुद्दा दर्ता गरेका हुन् ।‘पक्राउ परेका हस्दाले भैंसी करणी गरेको स्वीकार गरेका छन् ।

पशु करणी दुनियाँवादी फौजदारी अर्थात (व्याक्तिवादीं) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने व्यवस्था छ । शुक्रबार पशु करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थित भएर ‘फिराद’दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए ।

पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्