दाङ । राप्ती बबई क्याम्पस तुलसीपुरमा सत्तारूढ दल नेकपा र क्याम्पस प्रमुख बिच भएको भएको भद्र सहमति कार्यान्वयन भएको छ ।

Advertisements

युवराज रावत(प्रकाश)ले आफूलाई क्याम्पस प्रमुख बनाए नेकपा निकट जीवन पौौडेललाई सहायक क्याम्पस प्रमुख बनाउने भद्र सहमति गरेका थिए । नेकपाको बुई चढेर क्याम्पस प्रमुख भएका काँग्रेस कार्यकर्ता प्रकाशले सुरूका दिनमा नेकपासँग गरेको भद्र सहमति कार्यान्वयन गर्न आलटाल गरेका थिए ।

Advertisements

भद्र सहमति कार्यान्वयन नगरेपछि उनीसँग आगो भएको नेकपाले आफ्ना विद्यार्थी संगठन प्रयोग गरेर ११ बैशाखमा क्याम्पस प्रमुख रावतलाई कार्यकक्षमै थुनेको थियोे ।  नेकपासँग भएको भद्र सहमति कार्यान्वयन नगरे आफू अघि बढ्न नसक्ने निष्कर्ष निकालेका उनले क्याम्पस संचालक समितिलाई आफ्नो बाध्यता सुनाएपछि संचालक समितिले नेकपा निकट पौडेललाई आईतवार सहायक क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

पौडेललाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्ने आन्तरिक सहमति गरेपछि आईतवार दिउँसो अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले क्याम्पस प्रशासनमा लगाएको ताला खोलेका थिए । ताला खोले लगत्तै बसेको संचालक समितिले नेकपाको माग बमोजिम पौडेललाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेको थियोे । बबई क्याम्पस स्थापनाकालदेखि नै काँग्रेसको पार्टी कार्यालय जस्तैगरी संचालन हुँदै आएको थियोे ।

यो क्याम्पसमा काँग्रेस कम्युनिस्टसँग गलेको पहिलोपटक हो । यसअघि कम्युनिस्ट बिचार राख्नेलाई सहायक क्याम्पस प्रमुख बनाइएको छैन । कम्युनिस्ट बिचारधारा भएकै कारण लाइब्रेरियन भिमार्जुन रेग्मीलाई बढुवा गरिएको छैन । रेग्मीभन्दा जुनियर भएपनि अर्का लाइब्रेरियनलाई भने बढुवा गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्