दाङ । पत्रकार सागर थापालाई प्रहरी बनाईदिन्छु भन्दै पाँच लाख रुपैँया ठगी गरेको आरोप लागेको छ ।
पत्रकार थापाले २०७३ साल बैशाखमा दाङ देउखुरीको मौरीघाटका अनिल चौधरी र मेघराज खड्कासँग प्रहरी बनाइदिन्छु भन्दै प्रति व्यक्ति दुई लाख ५० हजार रुपैँया घुस लगेको आरोप लागेको हो ।

Advertisements

चौधरीले आज घोराहीमा पत्रकार सम्मेलनगरी पत्रकार थापाले प्रहरीमा आफ्नो पहुँच छ भन्दै भर्ना गराउने आश्वासन दिएका थिए । प्रहरीमा जागिर पाइने भएपछी आफूले दुई लाख ५० हजार रुपैँया दिएको चौधरीको भनाई छ । ‘सागरले प्रहरीमा मेरो पहुँच छ । भर्ना हुने भए ढाई लाख दिनुस् भन्नुभयो ।’चौधरीले भने,‘जागिर हुनेभएपछी पैसा दिँए । न जागिर मिल्यो,न पैसा फिर्ता पाएँ ।’

Advertisements

पत्रकार सम्मेलनमा अर्का पीडीत मेघराज डाँगीका दाई सुरेन्द्र खड्काले आफूले भाईलाई प्रहरी बनाउन थापालाई दुई लाख ५० हजार रुपैँया दिएको बताए । उनका अनुसार मेघराजले सागरलाई आईएमईबाट पैसा पठाएका थिए । सागरले उक्त रकम नेपालगन्जबाट निकाले थिए । खड्काले सागरलाई पैसा पठाएको आईएमईको भौचर समेत सार्वजनिक गरेका छन् ।

खड्काले पत्रकार थापा विरुद्ध कानुनी उपचार खोज्ने समेत बताए । सागरलाई पैसा पठाउने मेघराज पैसा खर्च गरेर पनि प्रहरीमा जागिर नभएपछी बैदेशिक रोजगारीका शीलसीलामा कतार छन् ।

यसबिषयमा प्रतिक्रिया लिन खोज्दा पत्रकार थापाको मोबाइल रिसिभ भएन । क्रसर व्यवसायीसँग बार्गेनिङ गरेको आरोपमा पत्रकार थापाको साधारण सदस्यता नेपाल पत्रकार संघले यसअघी नै खारेज गरिसकेको छ । थापा बिभिन्न अनलाइनमा आवद्ध छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्