पोखरा । पोखराको दुई छुट्टाछुट्टै ठाउँमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार पोखरा महानगरपालिका ३० शिशुवा र त्रित्याङ चोकमा बाघले आक्रमण गरेको हो ।

Advertisements

बाघको आक्रमणमा पर्नेमा धरानका ४५ वर्षीय टीकाबहादुर लिम्बु र पोखरा ३० की ४७ वर्षीया राधिका आचार्य हुन् । घाईतलाई सामान्य उपचारपछि घर फर्काइएको छ ।

Advertisements

बाघले जंगलमा खानेकुरा नपाएर पनि बस्तिमा छिरेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए । ‘जंगलमा आहारा नपाएर पनि बाघ बस्तिमा छिरेको हुन सक्छ,’ उनले भने, ‘बस्तिमा बाघले आक्रमण गरेको हुनाले मान्छेलाई केही हुन पाएन । समयमै उद्दार भयो ।’

यसअघि २ वर्ष पहिले बगरमा घरभित्रै बाघ पसेको अवस्थमा भेटिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्