दाङ । तुलसीपुर उपमहानगरपालिका १५ स्थित बाल चेतना आधारभुत विद्यालय धमकापुरमा आज पढाई उत्सव समापन गरिएको छ । बैशाख २ गतेदेखी सुरु भएको पढाई भेला आज विद्यालयमा एक समारोहका बिच समापन गरिएको हो ।

Advertisements

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुदय चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शिक्षक अभिभावक संघका अध्यक्ष लेखराज बस्नेतले शिक्षकहरुले विद्यार्थीलाई पढाउने तरीका समय सापेक्ष रुपान्तरण गनुपर्ने बताउनुभयो । विद्यार्थीको क्षमता अभिवृद्धी नभए शिक्षक अब्बल नहुने भन्दै उहाँले विद्यार्थीको क्षमताले शिक्षकको क्षमता मापन गर्ने बताउनुभयो ।

Advertisements

कार्यक्रमा विद्यालयका प्रधानाध्यापक देविराम बस्नेतले विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिने बताउनुभयो । कार्यक्रममा अभिभावक,शिक्षक तथा विद्यार्थीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्