घोराही । घोराही उपमहानगरपालिकाले नगरभित्रका कुनै पनि पसलहरुलाई खाने वस्तुहरुलाई खुलारुपमा राख्न नदिने निर्णय गरेको छ।

Advertisements

नगरको उपभोक्ता हित संरक्षण समितिको बुधवार बसेको बैठकले खाने वस्तुहरु खुलारुपमा राख्दा स्वास्थ्यलाई प्रतिकूल असर परिरहेको भन्दै त्यसलाई रोक लगाउने निर्णय गरेको हो।

Advertisements

नगरका उपप्रमुख एवं समितिका संयोजक सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विषेश गरी होटल, मिठाई र मासु पसलहरुलाई कुनै पनि वस्तुहरु खुलारुपमा राख्न नदिने निर्णय गरेको हो। होटलहरुले चाउमिन, जेरी, मिठाई, समोसा, पकौडालगायतका नास्ताका परिकारहरुस“गै मासुलाई समेत खुलारुपमा राख्न नदिने निर्णय गरेको हो। ती पसलहरुमा अनिवार्यरुपमा सिसा लगाएर राख्न व्यवसायीहरुलाई आग्रह गरेको छ।

बैठकले दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूची उपभोक्ताले देख्ने गरी राख्न, म्याद गएका वस्तुहरुलाई नराख्न, फिर्ताका लागि राखिए पनि छुट्टै राख्न र दर्ता भए अनुसारको व्यवसाय मात्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ।

त्यसैगरी, व्यवसाय दर्ता र नवीकरणलाई अनिवार्य बनाउन सबै वडामा कर्मचारी परिचालन गर्ने, बजारलाई नियमित अनुगमन गर्ने र आगामी आर्थिक वर्षका लागि उपभोक्ता संरक्षण शाखाले वार्षिक कार्ययोजना बनाउने निर्णयसमेत भएको शाखा प्रमुख होमलाल भुसालले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्