दाङ । दाङमा ४८ हजार ५८४ जनाले बेरोजगार फारम भरेका छन् । बेरोजगारी र गरीबी अन्त्य गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्लाका १० ओटै स्थानीय तहबाट आवेदन लिइएको हो ।

Advertisements

घोराही उपमहानगरपालिकाबाट सबैभन्दा धेरै १३ हजार २५७ जनाले आवेदन भरेका छन् भने सबैभन्दा कम बंगलाचुली गाउँपालिकाबाट ८१२ मात्र फारम भरेका छन् । तुलसीपुरमा १० हजार ९९४, लमहीमा ३ हजार, शान्तिनगरमा ४ हजार, बबईमा ४ हजार, दंगीशरणमा ३ हजार, गढवामा ३ हजार, राप्तीमा र राजपुरमा २/२ हजार जनाले सो फारम भरेक छन् ।

Advertisements

पछिल्लो समयमा बेरोजगारीको संख्या बढ्दै गएकाले पनि आवेदन धेरै आएको घोराही उपमहानगरका रोजगार संयोजक शरद पाण्डेले बताए । बेरोजगारहरूलाई न्यूनतम रोजगार दिलाउने उद्देश्यले सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरेको र यसले केही न केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्