झापा । भनिन्छ भान्जा भान्जी पुजे पुण्य प्राप्ती हुन्छ तर झापामा भने आफनै भान्जी बलात्कार गर्ने व्यक्ति प्रक्राउ परेका छन् । बलात्कार गर्ने व्यक्ति शिवसताक्षी—११ स्थित दुधेका रहेका छन् । उनले आफनै सहोदर भान्जीलाई बलात्कार गरेका हुन् । ४१ वर्षीय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया भान्जीलाई बलात्कार गरेका हुन् । घटनापछि सहन नसकेर पीडित किशोरीले साथीहरुलाई भने पछि प्रहरीमा उजुरी पुगेको हो । भान्जीले उजुरी दिएसंगै मामा प्रक्राउ परे । यता घटना बाहिर निक्लिए पछि घर परिवारले नै ढाकछोप गर्ने प्रयास गरेका छन् ।

Advertisements

बिहिबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले बलात्कार गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीले बताईन् । पीडित किशोरीले भनिन् ‘घरमा कोही पनि हुनुहुन्थेन , माइजुलाई पनि मासु किन्न पठाएर मामाले मलाई मुख थुनेर त्यस्तो गर्नुभयो’ पीडितका बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी छन् ।

Advertisements

यता पीडितकी आमाले पनि किशोरीलाई उजुरी फिर्ता गर्न र मेडिकल टेष्ट नगर्न दबाब दिईरहेकीछिन् । बालिकालाई माईजुले समेत जग्गा दिने प्रलोभन देखाएर उजुरी फिर्ता गर्न दबाब दिईरहेकीछिन् । बालिकाले भने मामाले यसअघि पनि र्दुव्यवहार गर्ने गरेको बताएकीछिन् । उक्त किशोरी यतिबेला बिद्यालय र प्रहरीको संरक्षणमा रहेकीछिन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्