बारा । बारामा एक हजार दरका नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका ९ बस्ने २७ वर्षीय शिवदयाल महतोलाई १ हजार दरको १० थान नक्कली नेपाली नोट सहित बाराको कोल्बी नगरपालिका २ झुरझुरेबाट प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

अस्थायी प्रहरी पोष्ट झुरझुरेबाट खटिएको प्रहरीले तामागढीबाट रौतहट बिजयपुरतर्फ जाँदै गरेको ना.९ प ५४५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्