पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेको छ ।

Advertisements

प्रधानमन्त्री ओलीले पोखराको लेकसाइडमा बनेको स्विस इन्टरनेशन  होटल सरोवर उद्घाटन गर्ने कार्यक्रम थियो । ओली होटलमा पनि पुगेका थिए तर, केहीबेर बसेर फर्किए ।

Advertisements

यो होटल मापदण्ड विपरित बन्नुका साथै होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारी पनि भ्रष्टाचारको मुद्दामा मुछिएका थिए । पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, यो होटल १२ तलाको छ ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्