दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ ले शत–प्रतिसत योजनाहरु सम्पन्न गरेको दावी गरेको छ ।

Advertisements

वडा अध्यक्ष घनश्याम ढकालले आर्थिक बर्ष २०७५÷७६ का बजेट तथा योजना अधिकांस सम्पन्न र केही मात्र अन्तीमचरणमा रहेको जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका वडा स्तरीय १ करोड ३० लाख, ६०–४० कार्यक्रम अन्तर्गतको २ करोड ५० लाख,प्रदेश नम्वर ५ बाट ५० लाखको चुलेसेमा कालोपत्र र पक्की नालाका लागि लगायत गरि झण्डै ५ करोड भन्दा बढि बजेटमा बिभिन्न योजनाहरु सम्पन्न गरीएका छन् ।

Advertisements

अध्यक्ष ढकालका अनुसार शिवज्योति टोल बिकास संस्थाको ग–घ का लागि पक्कीनाला र कालोपत्रे, शिवपुर टोलमा कालोपत्रे र पक्कीनाला, राधाकृष्ण टोलको आरसीसि र पक्की नाला,कामना टोलको कालोपत्रे र पक्की नाला, माछापोखरी टोलमा पक्की नाला, अमृतनगर टोलको कालोपत्रे र पक्की नाला,अमृत नगरटोलको कराँते भवन आसपास कालेपत्रे सडक,ललीत पाण्डेको घर अगाडीको नाला पक्की,कैलाशनगर टोलको मैनावगरको सडक र नाला पक्की,गौरीशंकरको कल्र्भड सम्पन्न भएका छन् ।

त्यस्तै कट्टकुईयाको सल्लीबनको कुलो सम्पन्न, सल्लीबनको बाटो १२ मिटर चौडा बनाउने कार्य सम्पन्न,प्रगतीनगर टोल र रामनगर टोलमा आरसीसि कालोपत्रे सम्पन्न,रामनगरटोलको आरसीसि कालोपत्रे, थर्कुडाँडामा आसरसीसि र पक्कीनाला, शिव ज्योति टोलको पश्चिम र पूर्बमा सडक र पक्की नाला,भवती टोलमा पक्की नाला, नँयाबस्तीमा पक्कीनाला, दोघरे ईलाका प्रशासन कार्यालयको पश्चिम दक्षिण भित्रि सडक कालोपत्रे, प्रगतिनगर टोलको दोघरे कुलो कल्र्भड सम्पन्न, प्रगतिनगर टोलको जन्जेरी कुलोमा कल्र्भड, सिद्धबिनायक टोलमा कल्भर्ड सम्पन्न, शिवज्योति टोलमा आरसीसि कालोपत्रे,माबि दोघरेको थप कक्षाको लागि धरौटी बाफत ४ लाख र भौतिक पूर्बाधारका लागि ४ लाख,आधारभूत बिद्यालय सल्लीबनमा बालवालिकाको दिवा खाजा कार्यक्रमका लागि ५ लाख,गाई, भैसी, माछापालनका लागि अनुदान, शहरी स्वास्थ्य केन्द्रको लागि रुम पार्टेसन, फ्रिज, वडा कार्यालयको मुल गेट, राउण्ड ग्रील, अनलाईन सेवाका लागि आवश्यक पूर्बाधार सम्पन्न गरिएकोले आर्थिक बर्ष २०७५÷७६ का योजना तथा कार्यक्रम सत प्रतिसत सम्पन्न गरीएका वडा अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्वर ५ र ९ को पातुखोला कटान नियन्त्रणका लागि प्रदेश सरकारबाट १० करोडको बजेटबाट झण्डै १७ सय मिटर आरसीसि तटबन्ध निर्माण कार्य शुरु गरीएको वडा नम्वर ९ ले जनाएको छ । त्यस्तै सामाजिक लक्षीत कार्यक्रम समेत सम्पन्न गरिएका छन् ।
दलीत अधिकार तथा सञ्चार अभियानको आयोजना तथा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ९ को सहयोगमा सञ्चालन गरीएका सुशासन र बालवालिका सम्बन्धि झण्डै डेढ महिना सम्म सञ्चालन गरीएको तालिम समापन र सार्वजनीकरण कार्यक्रममा वडा अध्यक्ष ढकालले वडा कार्यालयले बिनियोजन गरेको कुनै पनि शिर्षकको बजेट फ्रिज हुने अबस्था नरहेको बताउनुभयो । आगामी आर्थिक बर्षका लागि १० वटा ईण्डीकेटर वडा कार्यालयले बनाएको जानकारी दिनुभयो । त्यस मध्ये पहिलो सुचक (ईण्डीकेटर)को बनाई कलस्टर बनाई योजना छनौटको काम गरीएको ढकालले बताउनुभयो । प्रत्येक कलस्टरबाट ५ जनालाई सहभागि हुने ब्यबस्था समेत मिलाईएको अध्यक्ष ढकालले बताउनुभयो । अव वडा भेलाको तयारी गरीएको उहाले बताउनुभयो । सुचक (ईण्डीकेटर) बनाई वडा भेलाबाट बजेट तथा योजना छनौट गरीने भएकाले आगामी आर्थिक बर्षका कार्यक्रम अझ प्रभाबकारी हुने बताउनुभयो ।

बिगतमा झण्डै एक करोड बराबरको बजेटको ब्यबस्था हुने वडामा आगामी आर्थिक बर्षदेखि जम्मा ४० लाखको मात्र ब्यबस्था गरीएकोले योजना तथा बजेट निकै प्रभाबीत हुने बताउनुभयो । सिहंदरवारको अधिकार गाँउ टोलमा भन्ने गरीएतापनि अधिकार बिचमै खोसीने अबस्था सृजना भएको उहाको गुनासो छ ।

शाखा अधिकृत,लेखा अधिकृत,प्राबिधिक,अमिन लगायतको ब्यबस्था गरीने भनिएपनि ती कर्मचारीको ब्यबस्था हुने देखिएको छैन,उहाले भन्नुभयो ।
उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका अधिकृत टोपबहादुर डाँगी,वडा कार्यालय सचिब गणेशकुमार आचार्य,नेकपाका स्थानीय नेता केशव वली र मुक्तिप्रसाद भट्टराई,नेपाली काग्रेसका स्थानिय नेता वलीराम केसी,मावि दोघरे बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम तरण नेता मुक्तिप्रसाद न्यौपाने,राप्ती आयुर्बेद चिकित्सालयका डाक्टर धर्मोदकुमार ठाकुर र बैद्य मञ्जीत यादवले बोल्नुभएको थियो ।
त्यस्तै ईलाका वन कार्यालयका तुलसीराम बस्याल,नगर स्वास्थ्य केन्द्रका प्रवीण केसी,सामुदायीक बिद्यालय सल्लीवनक बुद्धिराम काफ्ले र माबि दोघरेका सर्वजीत वली,लेखपढी ब्यबसायी संघ तुलसीपुरका अध्यक्ष हरीलाल पौड्ेल लगायतले स्थानिय तहबाट नागरिकले पाउनुपर्ने सेवा सुबिधा सहज रुपमा पाउनुपर्ने बताउनुभएको थियो ।
संस्थाका अध्यक्ष निर्मल नेपालीको अध्यक्षतामा भएको सार्वजनिकरण कार्यक्रमको सहजिकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।

गत चैत १३ गतेबाट शुरु गरिएको सुशासन प्रर्बद्धन र वाल अधिकार सम्बन्धि सञ्चालन गरीएको तालिममा नेपाल सरकारका पूर्ब सहसचिब बिष्णुकमार देवकोटा,नेपाल संस्कृत बिश्वबिद्यालयका आर्थिक प्रशासन महाशाखाका पूर्ब प्रमुख लक्ष्मण पोख्रेल,अधिकारकर्मी तथा पत्रकार सुशील बस्नेत,अधिकारकर्मी निर्मल नेपाली लगायतले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा जन्मदर्ता शिविर,सहायता केन्द्र सञ्चालन लगायतका गतिबिधि समेत सञ्चालन गरिएको संस्थाका महासचिब सन्तोष चनाराले जनाकारी दिनुभयो ।

सो अवसरमा जन्मदर्ता शिविर,सहायता केन्द्र सञ्चालन लगायतका गतिबिधि समेत सञ्चालन गरिएको संस्थाका महासचिब सन्तोष चनाराले जनाकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्