गणेश आचार्य
दाङ । दाङमा एकसय ८० ग्राम खैरो हिरोइन सहित तीनजना पक्राउ परेका छन् ।
बा १९ च ८८३३ नम्वरको हाईलेक्स गाडीमा गएराती नेपालगन्जबाट दाङ तर्फ आउदै गर्दा लमही नगरपालिका वडा नम्वर ९ अमिलिया नजिक चेकजाँच गर्ने क्रममा सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ का ३६ वर्षिय लक्ष्मण सापकोटा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ का ३२ वर्षिय गुड्डु कवडिया र सोहि ठाउँकी २४ वर्षिया रुक्सार कवडियालाई पक्राउ गरिएको प्रहरील जनाएको छ ।

Advertisements

दाङ प्रहरीका प्रवक्ता डीएसपी विनोबबिक्रम शाहका अनुसार सेतो प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा खैरो हिरोइन बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट नगद सात हजार, मोवाईल तीन थान र उनीहरु सवार गाडी नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु विरुद्ध लागु औषध ओसारपसार तथा विक्रि वितरण सम्वन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisements

प्रहरीका अनुसार खैरो हिरोइनको मुख्य प्रतिग्राम १० हजार रुपैयाँ रहेको छ । दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बरामद गरिएको खैरो हिरोइन १८ लाख रुपैयाँ मुल्य पर्ने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश ५ मा हालसम्मकै धेरै मात्रामा खैरै हिरोइन बराबद गरिएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्