मिना खड्का

Advertisements

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ लाई आगामी भदौ मसान्त सम्म बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ ।

Advertisements

आगामी अन्तर्रा्ष्ट्रिय बाल दिवसलाई मध्यनजर गदै वडालाई बालश्रम मुक्त घोषणा गरिने भएको हो । नव जागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यलयको सह आयोजनामा आज तुलसीपुरमा भएको अनर्तक्रिया कार्यक्रममा यस्तो जानकारी गराईएको हो । सोहि कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवराज लामीछानेले वडालाई बालश्रम मु्क्त घोषाण गर्नका लागी सवै सरोकारवालाहरु लाग्नु पर्ने बताएका छन् ।

नेपालको संविधान र विभिन्न ऐनहरुमा बालबालिकाको हक, हितको व्यवस्था गरिएकाले त्यसको कार्यन्वयन गर्दै वडा कार्यालयले विभिन्न समयमा बाल सचेतना अभियान सन्चालन गरीरहेको समेत वडा अध्यक्ष लामीछानेको भनाई छ। जानिजानि समाजमा कोहि व्यक्तिले बालबालिकालाई श्रममा संलग्न गराएको पाईएमा त्यसलाई रु १० हजार र ३ महिना सम्म जेल सजाय हुन सक्ने बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्