बुटवल । इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईदउलफित्र (इद) पर्वको अवसरमा इस्लाम धर्मालम्बीहरुका लागी शुभकामना ब्यतm गरेका छन् । नेपाल सांस्कृतिक विविधता भएको मुलुक भएकाले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको शुभकामना सन्देशमा उल्लेख गरिइएको छ ।

Advertisements

 

Advertisements

मुख्यमन्त्री पोखे्रलले शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र बिकासमा लागी मार्ग प्रशस्त गर्दै संबैधानिक रुपमा मुस्लिम आयोगको गठन गर्ने ब्यबस्था गरेर मुस्लिम समुदाय प्रति सम्मान ब्यतm गरेको उल्लेख गरिएको् छ ।

मुख्य मन्त्रीद्धारा व्यक्त इद पर्वको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईदउलफित्र (इद) पर्वको अवसरमा समस्त स्वदेश तथाविदेशमा रहनुभएकाइस्लाम समुदायकादाजुभाइतथादिदीबहिनीहरुमाहार्दिक शुभकामनाव्यक्तगर्दछु ।

नेपालसांस्कृतिकविविधताभएको मुलुकहो । विभिन्नजातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको छ ।विविधतायुक्त समाजमामनाइने सांस्कृतिकउत्सव र पर्वकुनै जाति र समुदायविशेषकानभएर सबैका साझाभएका छन् ।समाजमासद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार गर्न यीपर्वले सघाउ पु¥याउदै आएका छन् । इद पर्वले पनि सद्भाव,भाइचारा र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यकमुस्लिम समुदायको उत्थान र विकासकालागिमार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिमआयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मानव्यक्त गरेको छ ।

संवैधानिकव्यवस्थाअनुसार मुस्लिमआयोग गठन भइकार्यारम्भ भएको छ । संविधानकार्यान्वयनगर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामामुलुक अघि बढिरहेको छ ।संविधानकार्यान्वयनहुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमाप्राप्तअधिकारको उपभोग गर्दै जानेछन् ।

अहिले मुलुक समृद्धिको यात्रामा अघि बढेको छ ।विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाजनिर्माण गर्ने हाम्रो लक्षहो ।समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमापुग्नप्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पितछ। त्यसकालागिहामीले समृद्ध प्रदेश खुसीजनताको लक्ष्य अघि सारेका छौ ।

यो लक्ष्यमापुग्नकालागिआवधिक योजनाबनाएर आगामीमार्गचित्र प्रष्ट पारेका छौं । आवधिक योजनाले तयार गरेको मार्गचित्रअनुसार आगामीबर्षको बजेट आउने छ । जसले समृद्धिको यात्रालाई अझ फराकिलो बनाउने छ । समृद्ध प्रदेशकामाध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्नेमहाअभियानमा यस प्रदेशकासबै राजनैतिकदल, समुदाय,संघ संस्था र आमनागरिकमाहार्दिक अपिलगर्दछु ।
अन्त्यमा,इद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

शंकर पोखरेल
मुख्यमन्त्री

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्