दाङ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटा विहीवार दाङ आउने हुनु भएको छ ।

Advertisements

हेमन्तपुरस्थित रेडियो नेपाल प्रादेशिक प्रशारणको उद्घाटन  र प्रादेशिक कार्यालय भवनको शिलान्यास गर्न मन्त्री बास्कोटा विहीवार दाङ आउन लागेको रेडियो नेपाल पाँच नम्वर प्रदेश कार्यालयका प्रमुख गोकर्ण रेग्मीले जानकारी दिनुभयो ।

Advertisements

जेठ २४ गते शुक्रवार हेमन्तपुरमा रेडियो नेपालको नयाँ भवनको शिलान्यास र स्थानीय तीन भाषामा समाचार तथा कार्यक्रम प्रशारण आरम्भ मन्त्री बास्कोटाले गर्ने कार्यक्रम छ । थारू, अवधी र मगर खाम भाषामा दैनिक दिउसो ३ वजेदेखि ६ वजेसम्म समाचार तथा कार्यक्रम प्रशारण हुनेछन ।

शिलान्यास तथा प्रशारणको सम्पूर्ण तयारी पुरा भएको र उक्त कार्यक्रममा उपस्थितिका लागि प्रदेश प्रमुख रेग्मीले सवैमा आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्